शव बोकेको बस पाल्पामा दुर्घटना : ७ जनाको मृत्यु

1.3K

शव बोकेको बस पाल्पामा दुर्घटना : ७ जनाको मृत्यु

बुटवलबाट शव लिएर रिडि जाँदै गरेको बस पाल्पामा दुर्घटना भएको छ । बुटवलबाट शव बोकेर गएको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिकाको लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि थप ८ जना घाईते भएका छन् । घटनास्थलमा प्रहरी पुगेको र उद्धारको कार्य शुरु भएको प्रहरीले जनाएको छ ।