नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन : नेतृत्व चुन्न सहमतिको प्रयास जारी

141

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन : नेतृत्व चुन्न सहमतिको प्रयास जारी

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनको लागि सहमतिको प्रयास जारी छ । निर्वाचन प्रक्रिया स्थगित गरेर नेताहरु सहमतिमा नेतृत्व चयनको लागि छलफलमा व्यस्त छन् । सहमतिको प्रयास जारी रहेकाले माओवादी केन्द्रको निर्वाचन समितिले आज आईतबार दिउँसो १ बजेसम्म निर्वाचन प्रक्रिया रोकेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेताहरुसंग परामर्शमा व्यस्त हुनुहुन्छ ।
बन्दसत्रबाट पारित विधान अनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटि ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक प्रणालीबाट चुनिने छन् । माओवादी केन्द्रका विधान अनुसार २९९ केन्द्रीय कमिटिमा १४५ जना खुल्ला र १५४ जना समानुपातिक प्रणालीबाट चुनिनेछन् । यद्यपी समानुपातिक तर्फ क्लष्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्न नेतृत्वलाई सकस छ ।
माओवादी केन्द्रको केन्द्रीय कमिटिमा समावेशी तर्फबाट खसआर्यतर्फ १२ पुरुष ३ पुरुष युवा ६ महिला युवा र २४ महिला सहित ४५ जना, दलिततर्फ ६ पुरुष १ पुरुष युवा १२ महिला र ३ महिला युवा गरि २२ जना, मुस्लिमतर्फ १ पुरुष १ युवा पुरुष ४ महिला र १ महिला युवा गरी ७ जना, मधेशीतर्फ ६ पुरुष १ पुरुष युवा १३ महिला र ३ महिला युवा गरी २३ जना, आदिवासी जनजाती तर्फ ११ पुरुष ३ पुरुष युवा, २३ महिला र ६ महिला युवा गरी ४३ जना, थारु तर्फ २ पुरुष, ६ महिला, १ पुरुष युवा र १ महिला युवा गरि १० जना, अपाङ्गता भएका महिला पुरुष गरी २ जना, पिछडिएको क्षेत्रतर्फ महिला पुरुष गरी २ जना निर्वाचित हुनेछन् ।
समानुपातिक तर्फको कलष्टर मिलाउने जिम्मा प्रदेश समितिलाई दिईएपनि प्रदेश समितिले नाम सिफारिस गर्न सकेका छैनन् । एकातिर सहमतिको प्रयास भईरहे पनि चुनावको समेत तयारी भईरहेको छ । सहमति भए सहमतिबाटै र नभए चुनावबाटै नेतृत्व चयन गर्नको लागि चुनावको तयारी गरिएको हो ।
संशोधिन निर्वाचन तालिका अनुसार आज दिउँसो २ बजेदेख साढे ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्यसपछि बाँकी प्रकृयाका कार्यक्रम अगाडि बढाउने निर्वाचन समितिले जनाएको छ ।