बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीकी कार्यसमिति सदस्य महिला उद्यमी जमुना पौडेल नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समिति अन्तरगत गठित महिला उद्यमी बिकास समितिको सदस्य पदमा मनोनयन हुनुभएको छ ।
महासंघ लुम्बिनी प्रदेशको कार्यकारिणी समितिको बैठकले महिला उद्यमी पौडेललाई तारा आचार्य संयोजक रहेको प्रदेश स्तरीय महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनयन गरेको हो ।
