बुटवलमा महिलाहरुकाे सक्रियतामा महिला मात्रै सदस्य रहनेगरी नयाँ राेटरी क्लव गठन गरिएकाे छ । राेटरी क्लव अफ बुटवल साउथकाे स्पाेन्सरमा महिला उद्यमी मञ्जु पाेखरेलकाे अध्यक्षतामा राेटरी क्लव अफ मेट्राेसिटी बुटवल स्थापना गरिएकाे हाे ।
उक्त क्लवकाे आईतबार बुटवलमा चार्टर प्रिजेन्टेसन सेरेमाेनी गरिएकाे छ । नवगठित क्लवकाे ईलेक्ट प्रेसिडेन्टमा पवित्रा श्रेष्ठ, नाेमिनि प्रेसिडेन्टमा पुष्पा गाैतम, सचिवमा सुशिला टण्डन भुर्तेल, काेषाध्यक्षमा शीवा जाेशी, सहसचिवमा मनिषा पाैड्याल, सहकाेषाध्यक्षमा पुष्पा पाैड्याल, चियर क्लव एड्मिनमा संगिता ज्ञवाली, सर्भिस प्राेजेक्टमा सुशिला पाैड्याल, मेम्वरशिप चियरमा सुस्मा सिलवाल, पब्लिक ईमेज चियरमा निशा केसी गाैतम, टिआरएस चियरमा सीता मरासिनी, सर्जेन्ट एट आर्म (१) शारदा कार्की, (२) सपना टण्डन, एडिटरमा सुस्मा न्याैपाने, युथ सर्भिसमा लक्ष्मी भुसाल पन्त, सब एडिटरमा पुनम क्षेत्री र नितु शर्मा, शरीता क्षेत्री, मनिसा केसीलाई सदस्यमा चयन गरिएकाे क्लवकी अध्यक्ष पाेखरेलले बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै राेटरीका डिष्ट्रिक गभर्नर नाेमिनी राजेन्द्र ध्वजुले मेट्राेसिटीकाे एउटा काममा पहिचान बनाउने गरि राेटरीकाे फाेकस एरियामा रहेर काम गर्न सुझाव दिनुभयाे ।
त्यस्तैगरी स्पाेनसर क्लव राेटरी क्लव अफ बुटवल साउथका अध्यक्ष ध्रुव धितालले क्लवकाे स्पाेन्सरमा स्थापना भएका क्लवहरुकाे क्षमता विकासमा मातृत्व प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै राेटरी क्लव अफ बुटवल साउथका संस्थापक अध्यक्ष डा. आरसी आचार्य, क्लवका एसाईन एजी डा. नारायण पन्थ, डिष्ट्रिकका न्यू क्लव डेभलपमेन्ट चियर एजाज आलम, राेटरी क्लव अफ बुटवलका अध्यक्ष डा. ताराप्रसाद उपाध्याय, स्पाेन्सर क्लवका न्यू क्लव एडभाईजर देवीदत्त ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रम राेटरी बुटवल साउथका सचिव निशानबाबु कार्कीकाे सञ्चालनमा भएकाे थियाे ।
