एमसिसिले थप वैदेशिक हस्तक्षप भित्र्याउँछ : महासचिव मैनाली

256

एमसिसिले थप वैदेशिक हस्तक्षप भित्र्याउँछ : महासचिव मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)ले नेपालमा थप वैदेशिक हस्तक्षप भित्र्याउने दावी गर्नुभएको छ । संसदबाट एमसिसि पारित भए नेपालको संविधान भन्दा पनि एमसिसि माथि हुने दावी गर्दै उहाँले राष्ट्रघाती भएको जीकिर गर्नुभयो ।
नेकपा मालेले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै महासचिव मैनालीले एमसिसि परियोजना सहयोगमा आधारित परियोजना नभई रुस र चिनलाई ठेगान लगाउने अमेरिकाको रणनीतिक योजना मात्रै भएको बताउनु भयो ।
मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका २००७, २०४६ र २०६२/०६३ का आन्दोलनले एकातिर मुलुकमा परिवर्तन गरेपनि संगैसंगै वैदेशिक अस्तक्षप भित्र्याएको उहाँको भनाई छ । यदि एमसिसि संसदबाट पास गरियो भने यसले थप वैदेशिक हस्तक्षप भित्र्याउने उहाँले बताउनु भयो । उहाँले अहिलेको संसदीय व्यवस्था फेल भईसकेको बताउँदै अव प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने भनाई राख्नुभयो ।

पार्टीका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज गोपालमणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटि सचिव चन्द्रकान्त आचार्य, पोलिटव्यूरो सदस्य माधव केसी लगायतले भनाई राख्नुभएको थियो ।