दृष्टिबिहिन गुरुङ परिवारलाई लायन्स बुटवल खस्यौलीको सहयोग

1.3K

दृष्टिबिहिन गुरुङ परिवारलाई लायन्स बुटवल खस्यौलीको सहयोग

लायन्स क्लव अफ बुटवल खस्यौलीले अपांगता भएका व्यक्तिलाई सहयोग गरेको छ । क्लवले बुटवलको बेलबासका दृष्टिबिहिन यमबहादुर गुरुङको परिवारलाई खाद्यान्न, विस्तारा लगायतका सामाग्रि प्रदान गरेको हो ।
लायन्स क्लव अफ बुटवल खस्यौलीले हालै सियारी गाउपालीकाको वडा नम्बर ५ मा रहेका अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरेको समाचार सुनेपछि दृष्टिबिहिन गुरुङले क्लवमा सहयोगको अपिल गर्नुभएको थियो ।
गुरुङको अपिलपछि लायन्स क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष बिष्णुप्रसाद उपाध्यायको नेतृत्वमा क्लवले खाद्यन्न लगायतका सामाग्रीहरु प्रदान गरेको हो । त्यसै अवसरमा बुटवल माध्यमिक विद्यालयका २०५४ को एसएलसी ग्रुपले पनि नगद ५ हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।
श्रीमति र ११ वर्षीय छोरा सहित ३ जनाको परिवार रहेका गुरुङ्की श्रीमतिलाई समेत ढाडसम्बन्धि समस्या भएपछि परिवारमा आर्थिक संकट परेको र सहयोगको लागि हात फैलाउनु परेको दृष्टिबिहिन यमबहादुर गुरुङले बताउनु भयो ।