रुपन्देही व्यापार संघमा सुनचाँदी व्यवसायीद्वारा बहिस्कार

1.3K

रुपन्देही व्यापार संघमा सुनचाँदी व्यवसायीद्वारा बहिस्कार

रुपन्देही व्यापार संघको अधिवेशनको विषयलाई लिएर सुनचाँदी व्यबसायीलाई बहिस्कार गर्ने निर्णय गरेका छन् । संघको ११ औं अधिवेशनमा संघको सुनचाँदी बस्तुगत समितिले संघमा बहिस्कार गर्ने निर्णय गरेको हो ।
संघको सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका मिलन सुनारलाई पूर्वअध्यक्षहरुले धोका दिएका भन्दै बहिस्कार गर्ने निर्णय गरेको हो । सहसचिव पदमा उम्मेदवारी दिने तयारी गरेका सुनारलाई सर्वसम्मत बनाउने आश्वासन सहित सहकोषाध्यक्षमा उम्मेदवारी दिन लगाएको र सहकोषाध्यक्षमा उम्मेदवारी दिएपछि सर्वसम्मतको पहल नै नगरि हराउने रणनीति अख्तियार गरेको भन्दै सुनचाँदी व्यबसायीले बहिस्कार गर्ने निर्णय गरिएको सरोज गौतमले बताउनु भयो । बहिस्कारको निर्णयसंगै संघका ९५ जना सदस्य सुनचाँदी व्यबसायीले मतदानमा समेत भाग नलिएको उहाँले बताउनु भयो ।