प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो

1.3K

प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो

भारतको गुजरातमा जनवरी दोस्रो सातामा आयोजना गरिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएको छ । कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको कारण यहि जनवरी १०–१२ मा आयोजना गरिएको समिट स्थगित गरिएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
उक्त कार्यक्रममा नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहित २५ सदस्यीय प्रतिनीधि मण्डल यहि पुसको २५ गते ९जनवरी ९० गुजरात जाने तय भएको थियो । उक्त समिटमा भाग लिनको लागि भारत सरकारको निमन्त्रणा आएपछि मन्त्रीपरिषद बैठकले भ्रमण कार्यक्रम स्वीकृत गरेको थियो । समिट स्थगितको निर्णयसंग प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यक्रम पनि रोकिएको छ ।
यद्यपी भ्रमण स्थगितको औपचारिक निर्णय भने भईसकेको छैन । समिट स्थगितको औपचारिक जानकारी आएपछि मात्रै भ्रमण स्थगितको पनि औपचारिक निर्णय हुने प्रधामन्त्री देउवा निकट स्रोत बताउँछ । गुजरात सम्मेलनको क्रममा त्यहाँ जाँदा समकक्षी भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने कार्यक्रम तय भएको थियो ।
पछिल्लो समय भारतमा कोरोना भाईरसका नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्र रुपमा फैलिएको छ । ओमिक्रोन संक्रमणकै कारण भारतमा एक जनाले ज्यान गुमाएको समाचार छ । ओमिक्रोन संक्रमितको मृत्युपछि समिट स्थगित भएको हो ।