रुपन्देहीको तिलोत्तमामा गठित भलवारी जेसीसको अध्यक्षमा किशोर पंगेनी निर्वाचित हुनु भएको छ । भलवारी जेसीसको बिहिबार सम्पन्न १९ औं शाखा अधिवेशनबाट अध्यक्षमा पंगेनी सहित सिंगो कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
भलवारी जेसीस सन् २०२२ को लागि कार्यकारिणी उपाध्यक्ष पदमा भुवन नेपाल र प्रताप भण्डारी उपाध्यक्ष पदमा अमित पंगेनी, डिलराज तिवारी, मिनप्रसाद तिवारी र सुलभ कार्कीलाई चयन गरिएको छ । त्यस्तै सहसचिव पदमा रमेश खनाल र सहकोषाध्यक्ष पदमा अञ्जली पौडेललाई चयन गरिएको छ ।
जेसीस विधानमा महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्ष मनोनित गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष पंगेनीले जेसीसको विधान अनुसार सबैलाई समेट्ने र सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।