देवदह उद्याेग वाणिज्य संघकाे अध्यक्षमा हरि भण्डारी

352

देवदह उद्याेग वाणिज्य संघकाे अध्यक्षमा हरि भण्डारी

रुपन्देहीकाे  देवदह उधोग वाणिज्य संघकाे अध्यक्षमा हरि भण्डारीलाई चयन गरिएकाे छ । संघको शनिबार सम्पन्न सातौ साधारण सभा तथा तेस्रो अधिवेशनले भण्डारीकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे ।
कार्यसमितिकाे उपाध्यक्ष पदमा मिना श्रेष्ठ र रमेशचन्द्र गैरे, महासचिवमा विष्णु न्यौपाने, सचिवमा अजय भण्डारी र कोषाध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई चयन गरिएकाे छ । कार्यसमिति सदस्यहरुमा कृष्ण शाही, चोलिमाया झेँडी राना, पुजा ढुंगाना, दीपेन्द्र बराल, कमला अर्याल, केशव पराजुली, बन्दना गौतम, दिपक पौडेल र पर्शुराम उपाध्याय न्यौपाने रहनु भएकाे छ ।
त्यसैगरि लेखा समितिकाे सयोजमा दुर्गानारायण डुम्रे र सदस्यहरुमा दिपेश अर्याल र गोपिकृष्ण तिवारी रहनुभएकाे छ।