नेपाली काँग्रेस रुपन्देही क्षत्र नं. २ (क) मा नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण गरिएकाे छ । आईतबार बुटवलमा कार्यक्रमकाे आयाेजना गरि पद हस्तान्तरण गरिएकाे हाे ।
रुपन्देही २ (क) काे सभापतिमा खड्गबहादुर महत निर्वाचित हुनुभएकाे थियाे । उहालाई निवर्तमान सभापति माधवलाल देवकाेटाले पद हस्तान्तरण गर्नुभएकाे हाे ।
कार्यक्रममा बाेल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विधि र बपधानमा रहेर पार्टी गतिबिधि सञ्चालन गर्न आग्रह गर्नुभयाे । पार्टी भित्र सुधार गर्नुपर्ने कुराहरु धेरै रहेकाे बताउंदै उहाले अधिकार प्राप्त भयाे भन्दैमा जे मनलाइ नगर्न आग्रह गर्नुभयाे ।
उहाँले प्रदेश समितिले याेजना बनाएर पार्टीलाई व्यवस्थित गरिने बताउनु भयाे । प्रदेश समितिले प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने तयारी गरिएकाे बताउदै प्रदेश सभापति पुनले उहासंग समन्वय गरेर काम गर्ने वातावरण तयार गरिने जानकारी गराउनु भयाे ।
त्यसअवसरमा नवनिर्वाचित सभापति खड्गबहादुर महतले पार्टीमा सबैलाई मिलाएर विधि बिधान अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्साल, बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेय, तिलाेत्तमा नगर समितिका सभापति हरिलाल पाण्डे, बुटवल उपमहानगरपालिका वडा नं. ११ का सभापति जीतबहादुर मल्ल, तिलाेत्तमा वडा नं. ३ की सभापति केशरी पाण्डे, निवर्तमान उपसभापति मुक्ति अधिकारी, राममाया पाैडेल लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
