लुम्बिनीका ९ जिल्लामा एमाले अधिवेशन सकियो : कुन–कुन जिल्लामा को–को भए अध्यक्ष ?

194

लुम्बिनीका ९ जिल्लामा एमाले अधिवेशन सकियो : कुन–कुन जिल्लामा को–को भए अध्यक्ष ?

नेकपा एमालेको लुम्बिनी प्रदेशका नौं जिल्लामा अधिवेशन सम्पन्न भएको छ । प्रदेशका १२ जिल्ला मध्ये रोल्पामा सचिवको निधनले अधिवेशन स्थगित भएको छ भने रुकुम पूर्वमा चिसोका कारण स्थगित गरिएको छ । त्यस्तै प्युठानमा अधिवेशन सकिएको छैन ।
त्यस बाहेक रुपन्देही, नवलपरासी पश्चिम, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, पाल्पा, गुल्मी, र अर्घाखाँची गरि नौं जिल्लामा अधिवेशन सम्पन्न भएको हो । जसअनुसार रुपन्देहीमा तेजेन्द्र केसीको अध्यक्षतामा १४६ सदस्यीय जिल्ला कमिटि र १५ सदस्यीय लेखा समिति निर्बिरोध चयन गरिएको छ ।
त्यस्तैगरी नवलपरासी पश्चिममा लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका दिपेन्द्र अधिकारी, कपिलबस्तुमा डम्बर शर्मा, दाङमा हुकुमबहादुर बस्नेत, बाँकेमा किसमतकुमार कक्षपती, बर्दिया लालबहादुर श्रेष्ठ, पाल्पा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालसिंह काउछा र अर्घाखाँचीमा पिताम्बर भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।