सहकर्मीलाई चक्कुहान्ने क्षेत्री प्रहरी नियन्त्रणमा

573

सहकर्मीलाई चक्कुहान्ने क्षेत्री प्रहरी नियन्त्रणमा

रुपन्देहीको देवदहमा एक उद्योगमा काम गर्ने मजदुरले आफ्नै सहकर्मीलाई चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ रानीवगियाका भुपाल क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
देवदह नगरपालिका वडा नं. ४ विजयनगरमा रहेको ईन्दे्रणी प्लाष्टिक उद्योगमा काम गर्ने मेसिन अपरेटर भुपाल अर्का मेसिन अपरेटर बेतबहादुर सुनारीलाई चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट पाल्पाको माथागढी गाउँपालिका वडा नं. ६ का २२ वर्षीय बेतबहादुरको टाउको र घाँटीमा चोट लागेको छ । उनको रुपन्देहीको तिलोत्तमा मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।