बुटवलमा उद्घाटनको तयारी गरिएको डान्स क्लवमा आगलागि : ५ करोडको क्षती

328

बुटवलमा उद्घाटनको तयारी गरिएको डान्स क्लवमा आगलागि : ५ करोडको क्षती

बुटवलको मिलनचोकमा उद्घाटनको तयारी गरिएको एक डान्स क्लवमा आगलागि भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ तीनकुने नजिकै रहेको प्लान बी डान्स क्लवमा शुक्रबार मध्यान्न आगलागि भएको हो ।
उक्त डान्स क्लवको भोली माघ १ गते उद्घाटनको तयारी गरिएको थियो । आगलागिको कारण ५ करोड रुपैंया भन्दा बढीको क्षेती भएको सञ्चालकलाई उदृद्ध गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो ।
डान्स क्लवमा तयारीको काम भईरहँदा ओल्डिङ गर्ने क्रममा आगलागि भएको बताईएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।