आज माघे सक्रान्ति : गंगामा स्नान गर्नेहरुकाे भिडभाड

219

आज माघे सक्रान्ति : गंगामा स्नान गर्नेहरुकाे भिडभाड

आज माघ १ गते अर्थात माघे संक्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले याे दिनलाई मकर संक्रान्ति पनि भनिन्छ ।  माघे सक्रान्तिलाई विभिन्न समुदायका मानिसहरुले फरक फरक तरिकाले मनाउने गर्दछन् । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गरेकाे छ । उनीहरुले स्नान, दान, एवं खानपिन र रमाइलो गरेर धुमधामसंग माघी पर्व मनाने गरेका छन् ।
त्यस्तै अन्य हिन्दु धर्मावलम्वीहरु पवित्र नदि (गंगा) मा गई स्नान गरेर जप, तप, ध्यान साधना, दान लगायतका पुण्यका काम गर्ने गर्दछन । आजकै दिन घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ ।
आज माघे सक्रान्तिमा नदि तथा घाटहरुमा बिहानैदेखि गंगास्नानमा जानेहरुकाे भिड छ ।