तराईका जिल्लामा बाक्लाे हुस्सु : चिसाे अझै बढ्ने

266

तराईका जिल्लामा बाक्लाे हुस्सु : चिसाे अझै बढ्ने

चिसाे अझै बढ्ने क्रममा देखिएकाे छ । जल तथा माैषम विज्ञान विभाग माैषम पूर्वानुमान महाशाखाले देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेकाे छ ।
हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएपनि पहाडी भू-भागहरुमा आंशिक बदली र तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ ०२ गते (आइतबार)
दिउँसो : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
राती  गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
२०७८ माघ ०३ गते (सोमबार)
दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली  तथा  बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।
राती  देशभर आंशिक बदली रहने छ।
२०७८ माघ ०४ गते (मंगलबार)
दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।
राती : पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Observations2022-01-15 17:45 NPT

StationMaximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal22.56.90.0
Dadeldhura13.82.30.0
Dhangadi14.610.80.0
Birendranagar19.96.10.0
Nepalgunj13.710.60.0
Jumla14.2-5.00.0
Ghorahi18.67.20.0
Pokhara19.28.10.0
Bhairahawa22.58.50.0
Simara21.98.00.0
Kathmandu17.55.70.0
Okhaldhunga15.74.40.0
Taplejung14.65.00.0
Dhankuta18.17.00.0
Biratnagar23.29.60.0
Jomsom14.4-2.50.0*
Dharan22.511.00.0*
Lumle14.03.80.0*
Jankapur22.88.20.0*
Jiri13.3-0.70.0*