राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्दै

165

राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्दै

राष्ट्रिय सभाको बैठक १७ माघ (सोमबार) बस्ने भएको छ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ दिउँसो राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।
यसअघि माघ २ गते सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।