सुस्ता क्षेत्रमा भारतले सडक निर्माण गर्दै : नेपाली भूमिमा डुवानको जोखिम

1.3K

सुस्ता क्षेत्रमा भारतले सडक निर्माण गर्दै : नेपाली भूमिमा डुवानको जोखिम

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतले नेपाली भूमि डुवान हुनेगरी सडक निर्माणको काम थालेको छ । सुस्ता क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका दक्षिणी भूमि डुबान हुने गरी भारतले करिव २७ किलोमिटर लामो सडक निर्माण गर्न थालेको हो ।
६ फिट अग्लो र ३० मिटर चौडा सडक बनाउन भारतीय पक्षले अहिले माटो फिलिङ गरिरहेको छ । दशगजादेखि २५ मिटरको दूरीभित्रै सडक बनाउन थालेपछि ती चार गाउँपालिकाका दक्षिणी भू–भागमा डुवानको जोखिम बढेको छ । पानिको निकास हुने कल्भर्ट वा ह्युमपाइप नराख्दा पानीको प्राकृतिक बहाव थुनिने र वर्षायाममा नेपाली भू–भाग डुवानमा पर्ने डरले त्यस क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।
यस विषयमा चारवटै गाउँपालिकाका अध्यक्षले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।