काँग्रेसको केन्द्रीय समिति बैठक : ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

247

काँग्रेसको केन्द्रीय समिति बैठक : ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

नेपाली काँग्रेसमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ । शुक्रबार अपरान्ह बसेको केन्द्रीय समिति भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठनको लागि गरेको प्रस्तावमा सर्वसम्मतले निर्णय गरेको हो ।
कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी, नेताहरु रामचन्द्र पौडेल, डा. शेखर कोइरालासहित पूर्वपदाधिकारीहरू समेटिएका छन् । ४६ सदस्य कार्यसम्पादन सदस्य हुने विधानमा व्यवस्था भएपनि ९ जना पछि मनोनित गर्नेगरी तत्काल ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।
त्यस्तै पार्टी प्रवक्ता कार्यसम्पादन समिति स्वत सदस्य रहने व्यवस्था छ । अहिले पार्टी प्रवक्ता तोकिसकिएको छैन । त्यस्तै कोषाध्यक्ष पद पनि रिक्त छ ।

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा को–को समेटिए

शेरबहादुर देउवा – सभापति
रामचन्द्र पौडेल – नेता
पूर्णबहादुर खड्का – उपसभापति
धनराज गुरुङ – उपसभापति
गगन थापा– महामन्त्री
विश्वप्रकाश शर्मा महामन्त्री
फरमुल्लाह मन्सुर – सहमहामन्त्री
भीष्मराज आङदाम्बे – सहमहामन्त्री
उमाकान्त चौधरी– सहमहामन्त्री
महेन्द्र यादव – सहमहामन्त्री
महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री
किशोरसिंह राठौंर– सहमहामन्त्री
बद्री पाण्डे – सहमहामन्त्री
जीवन परियार– सहमहामन्त्री
गोपालमान श्रेष्ठ
प्रकाशमान सिंह
विमलेन्द्र निधि
विजयकुमार गच्छदार
कृष्णप्रसाद सिटौला
डा.शशांक कोइराला
चित्रलेखा यादव
डा.रामशरण महत
अर्जुननरसिंह केसी
डा.प्रकाशशरण महत
सुनिलबहादुर थापा
डा.शेखर कोइराला
बलबहादुर केसी
बालकृष्ण खाण
ज्ञानेन्द्रबहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल
डा. नारायण खड्का
जीपछिरिङ लामा
सुजाता कोइराला
एनपी साउद
जीवनबहादुर शाही
आनन्दप्रसाद ढुंगाना