सभापति पुन र संसदीय दलका नेता कनोडिया विच सरकारका विषयमा छलफल

1.3K

सभापति पुन र संसदीय दलका नेता कनोडिया विच सरकारका विषयमा छलफल

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनोडिया बिच भेटवार्ता भएको छ ।
मंगलबार नेपाली काँग्रेस लुम्बिनीको पार्टी कार्यालय बुटवल तामनगरमा भएको भेटघाटमा सरकार सञ्चालनको विषयमा छलफल भएको थियो । भेटमा काँग्रेस लुम्बिनीका महामन्त्री सुरेन्द्रराज आचार्य लगायतका नेताहरु पनि सहभागि हुनुहुन्थ्यो ।
दुई नेताका विचमा सत्ता सञ्चालन, सरकारमा सहभागि मन्त्रीहरुको कारकारवाही लगायतका विषयमा छलफल भएको सभापति पुनले बताउनु भयो । त्यस्तै सत्ता सञ्चालनको लागि अगाडि भएको सहमति सम्झौता के हो ? र अव कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।