रुस र युक्रेनबिच संभावित युद्ध रोक्न शान्ति समाजको आग्रह

238

रुस र युक्रेनबिच संभावित युद्ध रोक्न शान्ति समाजको आग्रह

मानव अधिकार तथा शान्ति समाजले रुस र युक्रेनबिच बढ्दो तनाव अन्त्यका लागि कुटनैतिक पहलका गर्न आग्रह गरेको छ । ति दुई मुलुकबिचको युद्धको सम्भावनालाई खारेज गर्न आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले बिहिबार बुटवलको चौराहामा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ, युद्धमा सवैको क्षय हुन्छ, शान्ति मा सवैको जय हुन्छ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
आवश्यक दुरी कायम गरि बिहान ११ बजेदेखी आधा घण्टासम्म गरिएको प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुको सहभागिता थियो । कार्यक्रममा रूपन्देही सभापति डिपि खनाल, राजनैतिक एवं सामाजिक अभियान्ता प्रजापाल गिरी, सचिव कपिल ज्ञवाली लगायतले बोलेका थिए । बिसं २०५३ सालमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले स्थापनाकालदेखि नै हिंसा र युद्ध बिरुद्ध आवाज उठाउदै आएको छ ।