लुम्बिनीमा पर्यटन बोर्ड गठनको तयारी : ¥याफ्टिङ सञ्चालनको लागि अध्ययन हुँदै

1.3K

लुम्बिनीमा पर्यटन बोर्ड गठनको तयारी : ¥याफ्टिङ सञ्चालनको लागि अध्ययन हुँदै

लुम्बिनी प्रदेश सरकारले पर्यटन बोर्ड गठनको तयारी गरेको छ । प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन वोर्ड गठनको तयारी भइरहेको जानकारी गराउनु भयो । उहाँले वोर्ड गठनको प्रक्रिया शुरु भएको बताउँदै केही दिनमा काम सकिने बताउनु भएको हो ।
नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले विहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐन ड्राफ्ट गर्ने काम भइरहेको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायसंग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवद्धनका नयाँ कार्यक्रम ल्याइने बताउनु भयो । लुम्बिनी प्रदेश अन्तरगत पाल्पाको कालिगण्डकी, रुकुमको सानो भेरी, दाङको ववई, प्युुठानको राप्ती, बाँकेको राप्ती सुनारी लगायतका क्षेत्रमा ¥याफ्टिङ सञ्चालनको लागि अध्ययन थालिएको पनि मन्त्री चौधरीले बताउनु भयो ।
त्यस्तै ठाउँ अनुसार सांस्स्कृतिक कार्यक्रम तथा खानाका परिकारलाई प्रवद्र्धन गर्नेगरी अध्ययन थालिएको बताउँदै मन्त्री चौधरीले भन्नुभयो–‘दाङ, बाँके र बर्दियामा थारु संस्कृतिका कार्यक्रम तथा खानाका परिकारलाई प्रचार गर्ने, रोल्पा, रुकुममा मगर समुदायको, प्यूठान, अर्घाखाँची र गुल्मीमा बाहुन क्षेत्रीको संस्कृति झल्कने कार्यक्रमहरु ल्याउन प्रदेश सरकारले अध्ययन थालिएको छ ।’