समस्याको समाधान खोजौं : प्रदेश प्रमुख शेरचन

1.3K

समस्याको समाधान खोजौं : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विद्यमान समस्या समाधान गर्न अग्रसर हुन सरकारलाई आग्रह गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले प्रदेशको संसद अवरोध तर्फ संकेत गर्दै समस्या समाधानको लागि अग्रसर हुन सरकारलाई आग्रह गर्नुभएको हो । ‘समस्या हुन्छन्, आउँछन् ।’ उहाँले भन्नुभयो–‘ती समस्या समाधानको लागि अग्रसर हुन म सरकारलाई आग्रह गर्दछु ।’
लुम्बिनी प्रदेश सभाको शुक्रबार आयोजना गरिएको चौथो स्थापना दिवसको भर्चुअल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले प्रदेशको समृद्धिको लागि सबै मिल्नुपर्ने भनाई राख्नुभयो ।