बसन्ता भुसाल /
वेमौषमी वर्षाले कारण किसानले लगाएका तरकारी खेतीमा क्षति पुगेको छ । कपिलवस्तुका धेरै स्थानमा किसानले लगाएका तरकारी बालीमा क्षेती पुगेको किसानहरुले बताएका छन् । कृषकले लगाएका आलु, लसुन लगायतका तरकारीमा क्षेती पुगेको किसानहरुले गुनासो गरेका छन् ।
आलु खान्नका लागी तयार भएका बेला पानी परेपछि आलु कुहिने भन्दै किसान चिन्तित बनेका हुन् । लगातार परेको बर्षाका कारण आलु र लसुन खेतीमा क्षेती भएको छ । आलुसंगै खेतमा लगाईएको तोरी, मसुरो, केराउ लगायतका दलहन, लेतहन बालीलाई समेत क्षती गरेको कृषकहरुको गुनासो छ ।
वर्षाले गर्दा व्यवसायिक आलु खेती गर्ने किसान बढी मारमा परेका छन् । तोरी भित्राउने समयमा वर्षा हुदाँ कपिलवस्तुका किसानहरु मर्कामा परेका हुन् । यसअघि गत असोज २९ गतेदेखी लगातार चार दिन परेको पानीले कपिलवस्तु रुपन्देही, अर्घखाँची, पाल्पा, गुल्मी लगायतका धेरै स्थानमा धान बाली पनि नष्ट भएको थियो ।