राप्रपाबाट अलग हुने पूर्व अध्यक्ष थापाको घोषणा

186

राप्रपाबाट अलग हुने पूर्व अध्यक्ष थापाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । गत मंसिरमा भएको पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा राजेन्द्र लिङदेनसंग पराजित भएका पूर्वअध्यक्ष थापाले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो ।
पार्टीको महाधिवेशनमा निर्मल निवासबाट हस्तक्षप भएको भन्दै छानविनको माग गर्दै आउनु भएका नेता थापाले उक्त हस्तक्षपको छानविनको माग गर्दै आउनु भएको थियो । आफूले उठाएका माग सम्बोधन नभएको भन्दै पार्टीबाट अलग हुने घोषणा गरेको प्रेस विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ–‘अत्यन्त भारी मन र पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टी भित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशिल राजनीतिक जीवन पार्टी भित्रै विताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको छु ।’