भाेली बुधबार बाेलाईएकाे प्रतिनिधि सभा (संसद) बैठक पुन: स्थगित भएकाे छ । सरकारकाे सिफारिसमा भाेली बाेलाईएकाे संसद बैठक फागुन २ गते सम्मकाे लागि स्थगित गरिएकाे हाे ।
अमेरिकी सहयाेगमा आधारित एमसिसि परियाेजना संसदमा पेस गर्ने विषयमा सत्ता साझेदार दलहरुसंग सहमति नजुटेका कारण भाेलीकाे बैठक स्थगित भएकाे हाे ।
यस अगाडि यहि माघ १६ गते बाेलाईएकाे संसदकाे बैठक एमसिसिकै कारण सभामुख अग्नीप्रसाद सापकाेटाले अकस्मात १० दिनकाे लागि स्थगित गर्नुभएकाे थियाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भाेली बुधबारकाे बैठकमा एमसिसि टेबुल गर्ने तयारी गर्नुभएकाे थियाे । तर सत्ता गठबन्धन भित्र सहमति जुटेकाे थिएन । एमसिसिकाे बिषयमा सहमति जुटाउनकाे लागि प्रधानमन्त्री देउवाले समय लिनुभएकाे हाे ।