राप्रपाले सबै स्थानीय तहमा उम्मेद्वारी दिने

1.3K

राप्रपाले सबै  स्थानीय तहमा उम्मेद्वारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा देशका सबै स्थानीय तहमा उम्मेद्वार खडा गर्ने भएको छ ।
बिहिबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तहको निर्वाचनमा ७५३ वटै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको संगठन सुदृढ र क्रियाशील बनाउने, पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, देशव्यापी पार्टी प्रवेश, कोणसभा लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
त्यस्तै फागुन मसान्त भित्रै उम्मेदवार छनौट गरिसक्ने र त्यसमा जिल्ला स्थानीय तह अन्तरगतका समितिले उम्मेदवार सिफारिस गर्नेछन् ।