वाणिज्य बैंकहरुले निक्षपमा झण्डै १ प्रतिशत व्याजदर बढाउने निर्णय गरेका छन् । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि यस्तो निर्णय गरिएको हो ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकले फागुन महिनाका लागि ब्याजदर बढाउने भद्र सहमति गरेको हो ।
बैंकहरुमा अहिले चर्को रुपमा तरलता अभाव छ भने कर्जाको माग निरन्तर बढीरहेको छ । निक्षप संकलन हुन नसकिरहेको अवस्थामा बैंकहरुबीच ब्याजदर बढाउने भद्र सहमति भएको हो ।
बैठकले व्यक्तिगततर्फ मुद्धतीमा वार्षिक ११.०३ प्रतिशत, संस्थागत तर्फ निक्षपमा १०.३ प्रतिशत, बचत खातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत दिने भद्र सहमति भएको हो ।
यस अगाडी पुस महिनाको लागि व्यक्तिगत मुद्धतीमा १०.०७ प्रतिशत व्याजदर दिने सहमति गरेका थिए । पुसमा बढाईएको व्याजदर माघमा पनि त्यहि रहेको थियो ।