बिहिबारदेखि हराएका गोविन्दको खोजी गरिदिन परिवारको अपिल

1.3K

बिहिबारदेखि हराएका गोविन्दको खोजी गरिदिन परिवारको अपिल

बुटवल उपमहानगरपालिका वडा नं. १६ बागकुमार निवासी ३७ वर्षीय गोविन्द पौडेल गत बिहिबारदेखि हराउनु भएको छ । उहाँ हराएको समयदेखि नै परिवार, आफन्त तथा छिमेकीहरुले खोजी गरेपनि कतै भेटाउन नसकिएको छिमेकी प्रवेश पौडेलले बताउनु भयो ।
बिहिबार बिहान करिव ८ बजेको समयमा घरबाट निस्कका गोबिन्दलाई करिव ९ बजेको समयमा छिमेकीले वडा नं. १६ को कार्यालय अगाडि देखेका थिए । प्रवेशका अनुसार त्यहाँबाट उहाँ दक्षिण पश्चिममा रहेको सिंगापुर भन्ने ठाउँतर्फ लाग्नु भएको थियो । त्यसपछि कता जानुभयो कसैलाई थाहा भएन–उहाँले भन्नुभयो ।
केहीदिन अगाडि दुर्घटनामा परेका गोबिन्दको खुट्टामा व्याण्डेज गरिएको छ । त्यस्तै कालो ज्याकेट, जिन्स पाईन्ट लगाउनु भएको छ । हराएका गोबिन्दको खोजी गरिदिनको लागि परिवारले सबैलाई अपिल गरेको छ ।
हराएका गोबिन्दलाई कसैले देखे÷भेटेमा नजिकको प्रहरी चौकी वा कृष्ण पौडेल–९८५७०३४६१८ र प्रवेश पौडेल ९८५७०२५७५७ मा खरव गरिदिन अनुरोध गरिएको छ ।