प्रधानन्यायाधिश जवरा बिरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता

1.3K

प्रधानन्यायाधिश जवरा बिरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधिश चोलेन्द्र समशेर जवरा बिरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको छ । प्रधानन्यायाधिश समशेर बिरुद्ध सत्तारुढ पाँच दलिय गठबन्धनका सांसदहरुले संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
आईतबार बिहान संसद सचिवालयमा प्रधानन्यायाधिश बिरुद्धको महाभियोग दर्ता भएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावमा महाअभियोग कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।
प्रधानन्यायाधिश जवरा बिरुद्ध २१ बुँदामा महाधियोग लगाउनुको आधार र कारणबारे प्रष्ट्याईएको छ । प्रधान न्यायाधीश जबरा लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न असक्षम भएको भन्दै गरिएको महाभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधा,निक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न पनि असक्षम रहेको आरोप लगाईएको छ ।
प्रधानन्यायाधिश जवराको कार्यकालमा सर्वोच्च अदालत लगायत न्यायापालिकाभित्र अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको महाअभियोग प्रस्तावमा उल्लेख गरिएको छ । प्रधानन्यायाधिश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका हुन् ।