साहित्यकार सपना आचार्यको ‘मलिलो माटो’ उपन्यास लोकार्पण

1.3K

साहित्यकार सपना आचार्यको ‘मलिलो माटो’ उपन्यास लोकार्पण

नवोदित साहित्यकार सपना आचार्यको ‘मलिलो माटो’ उपन्यास लोकार्पण गरिएको छ । महिलालाई धर्तीसंग तुलना गरेर लेखिएको नारीवादमा आधारित उक्त उपन्यास मलिलो माटोको शनिबार लुम्बिनी वाङ्मय प्रतिष्ठानले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल र तिलोत्तमाका मेयर बासुदेव घिमिरेले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
उपन्यासको समीक्षा गर्दै अधिकारकर्मी मिनाक्षी न्यौपानेले पुस्तकको अध्ययन गर्दा उपन्यासको पात्रमा आफैलाई भेटिने बताउनु भयो । त्यस्तै ईन्दिरा आचार्यले अहिलेसम्म महिला धर्तीजस्तै अटल भएर बसेको र अवस्था यस्तै रह्यो भने अब महिला उठ्दा धर्ती विष्फोट हुदा उत्पन्न हुने परिस्थिती उत्पन्न हुने संकेत गरिएको बताउनु भयो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेको अध्यक्षतामा भएको थियो ।