लायन्स डिष्ट्रिक गभर्नरमा न्यौपाने : सैंजुलाई नब्बे प्रतिशत एस भोट

1.3K

लायन्स डिष्ट्रिक गभर्नरमा न्यौपाने : सैंजुलाई नब्बे प्रतिशत एस भोट

लायन्स डिष्ट्रिक ३२५ बि २ अन्तरगत प्रस्तावित डिष्ट्रिक ‘पि’को गर्भनरमा नवराज न्यौपाने निर्वाचित हुनुभएको छ । लायन्स डिष्ट्रिक ३२५ बि २ को दशौं राष्ट्रिय अधिवेशनबाट डिष्ट्रिक गभर्नर पदमा न्यौपाने विजयी हुनु भएको हो । उमंग देवकोटासंग भएको प्रतिस्पर्धामा १८१ मत सहित न्यौपाने निर्वाचित हुनु भएको हो । त्यस्तै देवकोटाले १२२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी फष्ट भाईस डिष्ट्रिक गभर्नरमा अर्जुनमान सैंजु निर्बिरोध निर्वाचित हुनु भएको छ । फष्ट भाईस डिष्ट्रिक गभर्नरमा एकल उम्मेद्वार सैंजुलाई करिव ९० प्रतिशत एस भोट प्राप्त भएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष लोकप्रसाद खरेलले जानकारी दिनुभयो ।
त्यस्तैगरी द्वितीय भाईस डिष्ट्रिक गभर्नर पदमा पुरुषोत्तमभक्त प्रधानाङ्ग निर्वाचित हुनु भएको छ । उक्त पदमा प्रधानाङ्गसंग बालाराम भट्टराईले प्रतिस्पर्धा गर्नुभएको थियो ।
लायन्सको यो डिष्ट्रिकमा काठमाण्डौ सहित नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलबस्तु, पाल्पा र अर्घाखाँचीमा २०७ वटा क्लव छन् । ती क्लवबाट ३२७ मत थियो । त्यसमध्ये ३०५ मत खसेको थियो ।