‘जाउँ है पोखरा’ अभियान : निम्तो बाँड्दै पश्चिमाञ्चल होटल संघ पोखरा

1.3K

‘जाउँ है पोखरा’ अभियान : निम्तो बाँड्दै पश्चिमाञ्चल होटल संघ पोखरा

आन्तरिक पर्यटक प्रवद्र्धन गर्न ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरेको पश्चिमाञ्चल होटल संघ पोखरा त्यसको निम्तो बाँड्दै देशका प्रमुख शहरहरुमा पुगेको छ ।
८ फागुन २०७८ (आईतबार) जाउँ है पोखरा अभियानको निम्तो बाँड्न पोखराबाट निस्किएको पश्चिमाञ्चल होटल संघ पोखराको टोली सोमबार रुपन्देही आएको हो । सोमबार बिहान बुटवलमा होटल तथा पर्यटन क्षेत्रका प्रतिनीधि तथा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनीका पर्यटन सचिव महेश न्यौपानेले लुम्बिनीमा पनि पर्यटन प्रवद्र्धनको लागि के गर्न सकिन्छ, अध्ययन भईरहेको र लुम्बिनी आउने बाह्य पर्यटकलाई गण्डकी तथा गण्डकी आउने पर्यटकलाई लुम्बिनीसंग जोड्न के गर्न सकिन्छ त्यसतर्फपनि सोंच्नुपर्ने भनाई राख्नुभयो ।
उहाँले अहिले लुम्बिनी प्रदेश सरकारले संस्कृतिको प्रवद्र्धन गर्ने र त्यसका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने अवधारणा बनाएपनि त्यसले स्थानीयको आयआर्जन गर्नसक्छ की सक्दैन भनेर थप अध्ययन गरिरहेको बताउनु भयो । त्यस्तै बिभिन्न नदिहरुमा ¥याफ्टिङ्को सम्भाव्यता अध्ययन गरिरहेको पनि जानकारी गराउनु भयो । नदिमा ¥याफ्टिङ् गराउन सकियो भने त्यसले आन्तरिक सहित बाह्य पर्यटन प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पश्चिमाञ्चल होटल संघ पोखराले दुई दश अगाडिदेखि पोखरामा पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै यो वर्ष पनि जाउँ है पोखरा अभियान सञ्चालन गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । मुलुकमा राजनीतिक द्वन्द्वको चरम उत्कर्षको कठिन समयदेखि अभियान सुरु गरिएको र कोरोना महामारीको जटिल परिस्थितीको सामना गर्नुपरेको उहाँले बताउनु भयो ।
कोरोना महामारीको तेस्रो भेरियन्ट सम्म आईपुग्दा पर्यटन व्यवसाय शुन्यको स्थितीबाट केही सुधार भएको र अवका दिनमा केही आशा गरिएको उहाँको भनाई छ । कोरोना महामारीबाट सुस्ताएको पर्यटनलाई प्रवद्र्धन गरि व्यवसायलाई पुनःउत्थान गरि व्यवसायीलाई केही आशा जगाउनको लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
उहाँले यो अभियान पोखरामा मात्रै जाउँ भन्ने भन्दा पनि पोखराका पर्यटकलाई लुम्बिनी र लुम्बिनी लगायतका ठाउँकालाई पोखराको निम्तो दिनको लागि सञ्चालन गरिएको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायीहरुको छाता संस्था नाटा लुम्बिनी अध्यक्ष सागर अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल, हरि शर्मा गैरेले अभियानको सफलताको शुभकामना दिएका थिए ।