लुम्बिनीमा अभिनय तथा नाट्यक्रर्मी संघ गठन

143

लुम्बिनीमा अभिनय तथा नाट्यक्रर्मी संघ गठन

लुम्बिनी प्रदेश भित्र अभिनय विधाका कलाकारहरुको बृहत भेलाले अभिनय तथा नाट्यकर्मी संघ नेपालको तदर्थ समिती गठन गरेको छ । बुटवलमा आयोजित भेलाले शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष बाबुराम घिमिरे, सचिवमा विजय पोखरेल, कोषाध्यक्ष रेशम भण्डारी, सहसचिव कृष्णा थापा बस्नेतलाई चयन गरिएको छ ।
समितिको सदस्यहरुमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, धुर्व पौडेल, नारायण थापा, कपिल अधिकारी, मिनप्रसाद देवकोटा, राज तिवारीलाई चयन गरिएको छ । त्यस्तै चिरन बराल, शेरबहादुर गौतम, राधारमण अग्रहरी, काशिनाथ पन्थी धुर्व घिमिरे, रेखा एम.सीलाई सल्लाहकारमा चयन गरिएको छ ।
छलफलमा कार्यक्रमका अध्यक्ष सान्तराम गिरीले लुम्बिनी प्रदेश भित्र विभिन्न स्थानमा छरिएर रहेका अभिनय तथा नाटक क्षेत्रसँग सम्बन्धित चलचित्र, टेलि चलचित्र, म्यूजिक भिडियो, नाटक अभिनय तथा नाटक लेखन सम्बन्धि विद्यामा काम गर्दै आएका कलाकारहरुको हकहित एवं आपसी समस्याको बाँडफाँड गर्दै सङ्गठनात्मक हिसाबले अगाडि बढ्न र पेशा वा व्यवसायलाई मर्यादित र परिस्कृत बनाउँदै लैजानको लागि छाता संस्था आवश्यक भएको बताउनु भयो ।
त्यस्तै रेखा एमसिले विभिन्न पेषाका संघ संगठनहरु भएपनि अभिनय कर्मीको संगठन नभएको र पहिलो पटक बुटवलबाट सुरु गरिएकोमा संघको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
विजय पोखरेलको सञ्चालन तथा चिरन बरालको स्वागतमा भएको कार्यक्रममा बाबुराम घिमिरे, शेरबहादुर गौतम, राधारमण अग्रहरी, कृष्ण थापा बस्नेत, काशिनाथ पन्थी लागायतले धारणा राख्नुभएको थियो ।