क्यू.एफ.एक्स.मा मार्च ३ गते ‘द ब्याटम्यान’ को विशेष प्रदर्शन

328

क्यू.एफ.एक्स.मा मार्च ३ गते ‘द ब्याटम्यान’ को विशेष प्रदर्शन

बुटवलको भाटभटेनीस्थित क्यू.एफ.एक्स सिनेमाजले हलिउड चलचित्र ‘द ब्याटम्यान’ को विशेष प्रदर्शन ‘फ्यान स्क्रिनीङ्ग’ गर्ने भएको छ । वार्नर ब्रोज पिक्चरर्सले उत्पादन गरेको यो चलचित्र नेपालका लागि आधिकारीक बिक्रेता एप्पल इन्टरटेन्मेन्ट प्रा.लि को सहकार्यमा फ्यानका लागि उत्सवस्वरुप विशेष प्रदर्शन गरिने भएको हो ।
उक्त सो मार्च ३ गते (बिहीबार) का दिन साँझ ६ बजे प्रदर्शन गरिनें एप्पल इन्टरटेन्मेन्टकी कार्यकारी निर्देशक जेनिस पहारी र क्यू एफ एक्सको तर्फबाट फेसिलिटी म्यानेजर महेश्वर गिरीले संयुक्त रुपमा जानकारी गराएका हुन् । उक्त विशेष प्रर्दशनमा करिब १९६ जनालाई आमन्त्रण गरिएको उनीहरुको भनाई छ । सोही दिनदेखि नै ‘द ब्याटम्यान’ दर्शकका लागि पनि खुल्ला रहने जनाइएको छ ।
केही समयअघि क्यू.एफ.एक्सबाटै प्रदर्शनमा ल्याईएको हलिउड चलचित्र ‘जुमानजी’ को सफलतापश्चात् दर्शकको सम्भावनालाई अध्ययन गरी यो चलचित्रलाई प्रदर्शनमा ल्याउन लागिएको र दर्शकको क्रेज र सन्तुष्टिलाई देखेर आफूहरु चलचित्रको सफल प्रदर्शन हुने कुरामा विश्वस्त रहेका उनीहरुको भनाई छ ।
सन् २००८ को सेप्टेम्बर महिनादेखि सुरु भएको एप्पल इन्टरटेन्मेन्टले हालसम्म १ सय बढि हलिउड चलचित्रहरुलाई प्रदर्शनमा ल्याईसकेको संस्थाकी कार्यकारी निर्देशक जेनिस पहारीले बताइन् । एप्पल इन्टरटेन्मेन्ट हलिउड चलचित्र उत्पादन गर्ने कम्पनी वार्नर ब्रोजसँगै युनिभर्सल पिक्चर्स, वाल्ट डिजनी स्टूडियो, सोनी पिक्चर्स लगायत विभिन्न कम्पनीले उत्पादन गर्ने चलचित्रको नेपालका लागि आधिकारीक बिक्रेता हो ।