र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश, तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइँदै

194

र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश, तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइँदै

लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजलासले मंगलबार उनलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीसँगै पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो ।