एलआइसीद्वारा मृत्यु दावी बापत १८ लाख प्रदान

289

एलआइसीद्वारा मृत्यु दावी बापत १८ लाख प्रदान

लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी) नेपालले बर्दघाट १६ नवलपरासी निबासी रवि कुमार कामु (थापा) को परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले रविकुमारका बुबा ताराबहादुर कामु (थापा) लाई रकम हस्तान्तरण गरेकी हुन् ।
पाँच वर्षअघि एलआईसी नेपालमा १५ लाख रुपियाँको बिमा गरेका रविकुमार गत मंसिर २ गते आफ्नै निबासमा बिहान उठ्दा मृत अवस्थामा फेला परेका थिए ।
उनका बुबा ताराबहादुरलाई मृत्यु दावी बापत १८ लाख ३६ हजार ७५० रुपियाँ प्रदान गरिएको एलआइसी नेपाल बर्दघाट शाखा प्रवन्धक पुरीले बताइन् । सो अवसरमा शाखा प्रवन्धक पुरीले जीवन बिमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूणर् योगदान पुग्ने बताइन् । कार्यक्रममा एलआइसी नेपालका एजेन्सी म्यानेजर किशनबहादुर चौधरीले जीवन बीमाको महत्वका साथै यसका फाइदाहरुका बारेमा चर्चा गरेका थिए ।