गुल्मीमा देखाएको कुशलता केन्द्रमा पनि देखाउँछु : हरि ज्ञवाली

869

गुल्मीमा देखाएको कुशलता केन्द्रमा पनि देखाउँछु : हरि ज्ञवाली

गुल्मीमा गत २०७३ सालमा भएको निजामति कर्मचारिको आधिकारिक ट्रेड युनियनको चुनावमा आफु अध्यक्ष हुदाँ युनियनलाई दुईतिहाई बहुमतका साथ विजय गराएका हरि ज्ञवालिले केद्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । केद्रिय सदस्यमा बिजय भएको खण्डमा उक्त कुशलता केन्द्रमा पनि देखाउने बताएका छन् ।
नेपाली काँंग्रेस निकटको नेपाल निजामति कर्मचारी युनियनको आठौ केन्द्रिय अबिधेशनमा युनियनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ज्ञवालीले आफु बिजय भएको खण्डमा युनियनलाई अझै चुस्त बनाउन सहयोग गर्ने बताएका हुन् ।
२०५३ सालमा निजामती सेवा प्रवेश गरेका गुल्मीका ज्ञवालीले यही फागुन एक्काइस गते देखि तेइस गते सम्म काठमाण्डौमा हुन गइरहेको युनियनको केन्द्रिय सदस्यमा भिड्दै छन् ।
दुई कार्यकाल गुल्मीको कर्मचारी युनियनको कुशल नेतृत्व गरेका ज्ञवाली युनियन भित्र अब्बल सँङ्गठकको रुपमा पनि चिनिन्छन् । विभिन्न समय युनियनमा क्रियाशील ज्ञवालीले ०६२/०६३ को जनआन्दोलनमा पनि कर्मचारिको तर्फबाट सक्रिय ढङ्गले आन्दोलनको मोर्चा सम्हालेका थिए । कर्मचारिको हकहितका पक्षमा पनि उनको भुमिका सदैव प्रशंसनिय रहेको उनिसँग सँगै काम गरेका कर्मचारि नेताहरुले बताउने गरेका छन् ।