प्रतिनीधि सभाको बैठक यहि फागुन १५ गते आईतबार बस्नेगरी पुनः स्थगित गरिएको छ । आज दिउँसो १ बजेको लागि बोलाईएको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता माथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।
बिहिबार बैठक नै नबसी स्थगित गरिएको संसद शुक्रबार पनि सरकारले गृहकार्य नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर स्थगित गरिएको हो ।