नेपालगञ्जको जमुनाह नाका आजदेखि ६० घण्टा बन्द हुने

322

नेपालगञ्जको जमुनाह नाका आजदेखि ६० घण्टा बन्द हुने

नेपालगञ्जस्थित नेपाल-भारत सीमा जमुनाह नाका आज साँझदेखि पूणर्रूपमा बन्द हुने भएको छ ।
भारतको बहराइच, श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाह नाका ६० घण्टाका लागि पूणर्रूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार (आज) बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमवार बिहान ६ बजेसम्मका लागि सीमानाका पूणर्रूपमा बन्द गरिने छ । यस अवधीमा गाडी र पैदलयात्रु आवतजावतमा पूणर् रुपमा रोक लगाइने छ ।