नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसिसि परियोजनाको विपक्षमा मत दिने निर्णयबाट पछि हटेका छन् । अमेरिकी सहयोगमा आधारित एमसिसि परियोजना नेपालको हित विपरित रहेको भन्दै त्यसलाई जस्ताको त्यस्तै पास हुन नदिने निर्णय लिएका दुबै दलले सत्ता गठबन्धन टुट्न नदिन आफूहरुको पूर्ववत अडानबाट पछाडी हटेका हुन् ।
एमसिसि पास गराउनको लागि सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले सत्ता गठबन्धनको विकल्प पनि खोजेपछि माओवादी केन्द्र र एसमाजवादीले सत्ता गठबन्धन जोगाउनकै लागि एमसिसिको विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् ।
एमसिसि अनुमोदनको लागि संसदमा निर्णयार्थ पेस हुँदा पास हुने वातावरण बनाउन संसद वहिस्कार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराईसकेका छन् ।
उनीहरुको प्रस्ताव अनुसार माओवादी र एकिकृत समाजवादीले संसदमा एमसिसि बिरुद्ध भाषण गरेर बहिस्कार गर्नेछन् भने नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पक्षमा मतदान गर्नेछन् । एमालेले बेल घेर्नेछ, त्यसो हुँदा एमसिसि पनि पास हुने र गठबन्धन पनि जोगिने उनीहरुको बुझाई छ ।
एमसिसि पास गराउने विषयमा नेपाली काँग्रेस र नेकपा एमालेको भेटघाट तथा संवाद बाक्लिएपछि माओवादी केन्द्र र एकिकृत समाजवादी झस्किएका हुन् । एमसिसिकै कारण सत्ता गठबन्धन धरापमा परेको छ ।