नायक पल शाह प्रहरी नियन्त्रणमा

409

नायक पल शाह प्रहरी नियन्त्रणमा

जवरजस्ती करणीको अभियोगमा नायक पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जवरजस्ती करणीको अभियोग सहित एक गायिकाले पल शाह बिरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी थिईन् । शाहलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको हो ।
किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ पुर्जी लिएर शाहको खोजी थालेको थियो भने नायक शाह फरार थिए । शाह विरुद्ध ती गायिकाले यहि फागुन ११ गते किटानी जाहेरी दिएकी थिईन् ।