एमसिसि : व्याख्यात्मक टिप्पणी सहित संसदबाट अनुमोदन गर्ने तयारी

201

एमसिसि : व्याख्यात्मक टिप्पणी सहित संसदबाट अनुमोदन गर्ने तयारी

अमेरिकी सहयोगमा आधारित एमसिसि परियोजना संसदबाट अनुमोदन गर्न सत्ता गठबन्धनमा सहमति जुटेको छ । एमसिसि परियोजना पास गर्न सत्ता गठबन्धनमा सहमति भईसकेकोले आईतबार (आजै) बस्ने प्रतिनीधि सभा संसद बैठकबाट अनुमोदनको तयारी भएको छ ।
आज १ बजेको लागि बोलाईएको प्रतिनीधि सभा बैठक भने अझै बस्न सकेको छैन । बिहान बसेको गठबन्धन दलहरुको बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने सहमति गरेको हो ।
एमसिसिको व्याख्यात्मक टिप्पणी मन्त्रीपरिषदबाटै पारित गरेर प्रतिनीधि सभा (संसद)मा पेश गर्ने तयारी छ । त्यसको लागि अहिले मन्त्रीपरिषद बैठक बसेको छ ।