बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको अध्यक्षमा तुलसीराम न्यौपाने विजयी हुनु भएको छ । एशोसियशनको १४ औं अधिवेशनबाट ९० मतान्तर सहित न्यौपाने विजयी हुनु भएको हो ।
अध्यक्षमा निर्वाचित न्यौपानेले २१२ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी चन्द्रमणी भण्डारीलाई १२२ र अर्का प्रत्याशी प्रेम गौचनलाई १२० मत प्राप्त भएको निर्वाचन अधिकृत शालिकराम वञ्जाडेले बताउनु भयो ।
त्यस्तै उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने, वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणी खनाल र सचिवमा पूजा गैरे निर्वाचित हुनु भएको छ ।
एशोसियशनको कार्यसमिति सदस्य पदमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल, सुशिल पाण्डे, शीशुमाया अर्याल, युवराज ढकाल, शिवप्रसाद बजगाई र भरत साहानी विजयी हुनु भएको छ ।
अधिवेशन पछि नवनिर्वाचित अध्यक्ष न्यौपानेले अटो भिलेको बिकास र विगतका अधुरा काममा सबै व्यवासायीलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको । अधिवेशनबाट नेतृत्व लिनको लागि न्यौपानेसंगै भण्डारी र गौचन प्यानल चुनावी मैदानमा होमिएका थिए ।