फोनिज लुम्बिनीको अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

1.3K

फोनिज लुम्बिनीको अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

लक्ष्मण राना

बुटवल, १८ फाल्गुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको एतिहासिक दोस्रो महाधिवेशन २०७८ को सम्पन्न रुपन्देहीमा सम्पन्न भएको छ ।

फोनिज लुम्बिनी प्रदेशको बुधबार भएको एतिहासिक दोश्रो प्रादेशिक महाधिवेशनले १३ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा गजेन्द्र गुरुङ (बांके) अध्यक्ष, उपाध्यक्षमा प्रकाश थापा मगर (पाल्पा, उपाध्यक्ष महिलामा तारा पुन (नवलपरासी पश्चिम), महासचिवमा प्रतिज्ञा बुढामगर (रोल्पा), संगठन सचिवमा शम्भु प्रसाद थारु (वर्दिया), सचिव संस्थागत प्रज्वल श्रेष्ठ (बाके), कोषाध्यक्ष संजय गुरुङ (रुपन्देही) रहेका छन । त्यसैगरी सदस्यहरुमा मिना कुमाल (पाल्पा), शिव घर्तिमगर (दाङ), मिना राना (कपिलवस्तु), समिरमान श्रेष्ठ (बांके), रविन्दमान शेरचन (बांके), लक्ष्मण राना (रुपन्देही) निरर्विरोध निर्वाचित भएका छन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले परम्परागत विचार र सामान्ती संस्कारलाई अवलम्बन गर्दा समाजमा जातीय विभेद उत्पन्न भएकोले पत्रकारहरुको पनि फरक संघ स्थापना गर्न बाध्य भएको बताएका थिए । हामी सबै नेपाली हो, हिमाल, पहाड तराईमा बस्ने भनेर विभेद गर्न पाइँदैन, हावापानी, रहनसहन, संस्कृति फरक हुन सक्छ तर जनता भनेको सबै नेपाली नै हो । पत्रकार राज्यको चौथो अंग भएको हुनाले पत्रकारको हकहितका लागि राज्यबाटै चासो र संरक्षण हुनुपर्ने प्रमुख शेरचनले बताए । कार्यक्रममा संघीय फोनिज अध्यक्ष डण्ड गुरुङ, नेकपा माओवादी केन्द्र नेता तथा पुर्ब मन्त्री सुदर्शन बराल, फोनिज महासचिव मनोज घर्ति राष्ट्रिय जनमुक्ति पार्टीका नेता झम बहादुर गुरुङ नेकपा एमाले नेता पुरन गुरुङ ,नेकपा एकीकृत समाजवादी पाटी नेता राजु गुरुङ, कार्यक्रममा अध्यक्ष फोनिज लुम्बिनीका अध्यक्ष यम बहादुर गाहा (मिलन)ले देश संघीय संरचनामा गएसँगै फोनिजले पनि देशैभर जिल्ला स्तरीय र प्रदेश स्तरीय महाधिवेशन तथा अधिवेशन गरी आदिबासी जनजाति पत्रकारहरुलाई नेतृत्वमा स्थापित गर्न सफल भएको बताएका छन् । फोनिज लुम्बिनीमा जनजाति अब्बल पत्रकारहरुलाई स्थापित गर्न संगठनले विभिन्न प्रकारका क्षमता अभिबृद्धि कार्यक्रम ल्याउन नसकेको र विश्वभर कोरोना महामारी फैलिएपछि कार्यक्रम प्रभावित भएको बताए ।

“विभिन्न समयमा फोनिज पत्रकारमाथि दुव्र्यवहार गर्ने, प्रेस स्वतन्त्रताको खिल्ली उडाउने, धम्कि दिने काम भएको हुदा फोनिज लुम्बिनीको अत्यन्तै चिन्ता र चासोको विषय बनेको छ”  – गाहाले बताए ।

अधिवेशनको निर्वाचन मण्डलमा शुन्दर तराजुको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो । जसमा मिलन थापा र सरु राना रहेको थिए ।