जीपी कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल र ढकाल सम्मानित

1.3K

जीपी कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल र ढकाल सम्मानित


जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार माधव नेपाल र हरिष ढकाल पुरस्कृत हुनुभएको छ । बुटवल एफ एमका कार्यकारी निर्देशक तथा बीबीसी नेपाली सेवामा कार्यरत नेपाललाई जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गरिएको हो ।
त्यस्तै नेपाल टेलिभिजनमा कार्यरत हरिष ढकाललाई जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कार गरिएको हो । उहाँहरु दुबैजनालाई गृहमन्त्री बालकृष्ण खाणले सम्मान पत्रसहित जनहि २५ हजार राशीको पुरस्कार प्रदान गर्नुभएको थियो । लामो समय पत्रकारीतामा योगदान गरेकाले उहाँहरुलाई पुरस्कारको लागि छनोट गरिएको पुरस्कार छनोट सिफारिस समिति २०७७ का संयोजक खिमानन्द भट्राईले बताउनुभयो ।