उत्कृष्ट पत्रकारिता पुरस्कारको लागि आवेदन माग

151

उत्कृष्ट पत्रकारिता पुरस्कारको लागि आवेदन माग

नेपाल पत्रकार महासघं रुपन्देहीले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार छनोटका लागि आबेदन माग गरिएको छ । महासघंले उत्कृष्ट पत्रकारिता पुरस्कार छनोटको लागि गठित मुल्यांकन समितिको बुधबार बसेको बैठकले पत्रकारहरुसंग आवेदन माग गरेको हो ।
पत्रकार महासघले उक्त पुरस्कार छनोटका लागि पत्रकार महासघंका पूर्व अध्यक्ष बिनोद पहाडीको संयोजकत्वमा खिमानन्द भट्टराई र भगबती पाण्डे सदस्य रहेको मुल्यांकन समित गठन गरेको थियो । उक्त समितीको पहिलो बैठकले २०७५, ०७६ र ०७७ सालको पुरस्कारको लागि महासघं रुपन्देहीको सदस्यहरुलाई आगामी चैत्र १ गतेसम्ममा महासघंमा आबेदन बुझाउन आग्रह गरिएको हो ।
बुटबल उप–महानगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको उक्त पुरस्कारको राशी ५० हजार रहेको छ । महासघंले हरेक बर्ष १ जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।