काँग्रेस लुम्बिनीको कोषाध्यक्षमा राना : उपसभापति श्रेष्ठलाई प्रशिक्षण विभागको जिम्मेवारी

1.3K

काँग्रेस लुम्बिनीको कोषाध्यक्षमा राना : उपसभापति श्रेष्ठलाई प्रशिक्षण विभागको जिम्मेवारी

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको कोषाध्यक्षमा कार्यसमिति सदस्य प्रकाश राना मनोनित हुनु भएको छ । प्रदेश कार्यसमितिको बुधबार बसेको बैठकले नेता रानालाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । त्यस्तै प्रदेश उपसभापति भूवनप्रसाद श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । पार्टी विधानको नियमावली धारा ३३ को २(क) बमोजिम सभापति अमर सिंह पुनले श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखमा चयन गर्नुभएको हो ।

बैठकले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा प्रतिनीधि खटाउने निर्णय गरिएको बिहिबार बिहान प्रदेश पार्टी कार्यालय बुटवल तामनगरमा आयोजित पत्रकार सम्मेलनमा सभापति पुनले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रदेशले खटाएका प्रतिनीधिले केन्द्रीय प्रतिनीधि, जिल्ला, क्षेत्र र प्रदेश सभा क्षेत्रीय समितिसंग समन्वय र सहकार्यगरी केन्द्रले पठाएको अध्ययन सामाग्रि एवं प्रदेश कार्यसमितिबाट पारित कार्यविधि अनुसार काम गर्नेछन् ।
त्यस्तैगरी पार्टीको केन्द्रीय समितिसंग समन्वय गरि भातृ तथा सुभेच्छुकसंस्थाहरुलाई गतिशिल चुस्त र प्रभावकारी बनाउन लुम्बिनी प्रदेश समितिको तर्फबाट आवश्यक कार्यगर्न प्रदेश समितिका सहमहामन्त्री नीमा गिरी र कोषाध्यक्ष प्रकाश रानालाई जिम्मेवारी प्रदान गरिएको छ ।