चैत २५ गतेदेखि चौंथो गुल्मी महोत्सव हुँदै

1.3K

चैत २५ गतेदेखि चौंथो गुल्मी महोत्सव हुँदै

गुल्मीमा चैत २५ देखि चौथो गुल्मी महोत्सव आयोजना हुने भएको छ ।
“गुल्मी जिल्लाको सम्पन्ता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास” भन्ने मुल नाराका साथ २०७९ वैशाख ४ गतेसम्म उक्त महोत्सव जिल्लाको सदरमुकाम तमघासमा आयोजना गरिने गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा करिब २ सय स्टल रहने छन् । महोत्सवलाई थप व्यवस्थित गर्न २३ वटा उपसमिति गठन गरिएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको प्रमुख स्टलको रुपमा जिल्लामा उत्पादित घरेलु सामग्रीहरु रहने बताइएको छ ।