कपिलवस्तुमा भारतीय ट्रकको ठक्करबाट एक जना घाइते

166

कपिलवस्तुमा भारतीय ट्रकको ठक्करबाट एक जना घाइते

कपिलवस्तुको वाणगंगा नगरपालिकामा भारतीय ट्रकको ठक्करबाट एक जना छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो तौलिहवाबाट जितपुर तर्फ आउदै गरेको युपी ४१ एपी १५८२ नम्बरको भारतीय ट्रकले वाणगंगा ११ ओदारी चोकमा ठक्कर दिदाँ ओदारी उच्च माविमा अध्ययनरत छात्रा सृजना यादव घाइते भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
ट्रकको ठक्करबाट घाइते यादवको टाउकोमा चोट लागेको र उपचारको लागि बुटवल पठाइएको छ । अहिले विद्यार्थीले सडकमा नारावाजी गरिरहेका छन् भने सडक अवरुद्ध भएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।